PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

विवाहपञ्चमी महोत्सव : जानकी मन्दिर परिसरमा यस्तो देखियो धनुष यज्ञ विधि

विवाहपञ्चमी महोत्सव : जानकी मन्दिर परिसरमा यस्तो देखियो धनुष यज्ञ विधि


जनकपुरधाम : जनकपुरधाममा जारी सप्ताहव्यापी विवाहपञ्चमी महोत्सव अन्तर्गत आइतवार धनुषयज्ञ विधि सम्पन्न गरिएको छ। त्रेता यूगमा तत्कालिन मिथिलाका राजा राजर्षि जनकको प्रतिज्ञा अनुसार भएको धनुष यज्ञ भएको स्मरणमा प्रत्येक वर्ष विवाह उत्सव अन्तर्गत धनुष यज्ञको आयोजना गरिँदै आएको छ।

धनुष यज्ञमा गुरु विश्वामित्रका साथमा अयोध्याका राजा दशरथका छोरा भगवान राम र लक्ष्मण सहभागी भएर भगवान रामले भगवान शिवको पिनाक धनुषमा प्रत्यञ्चा चढाउदा तीन टुक्रा भएको थियो। त्यस पश्चात मात्रै माता सीताको विवाह भगवानसँग भएको वाल्मिकी रामायणमा उल्लेख छ।

जानकी मन्दिरको परिसरमा धनुष यज्ञ विधि सम्पन्न गरिएको मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवले जानकारी दिए। विवाहपञ्चमीको पहिलो दिन नगरदर्शन र दोश्रो दिन फुलबारी लिला सम्पन्न भइसकेको छ।

चौथो दिन मंसिर २० गते तिल्कोत्सव, मंसिर २१ गते मटकोर रहेको छ भने मंसिर २२ गते विवाहपञ्चमीको मुख्यदिन विवाह उत्सव रहेको जानकी मन्दिरका महन्थ वैष्णवले बताए। मंसिर २३ रामकलेवा गरी सप्ताहव्यापी सीताराम विवाहपञ्चमी महोत्सव समापन हुनेछ।



ट्रेन्डिङ पोस्ट

Ncell