PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

बारामा देउवा खेमा हाबी : चार वटै क्षेत्रमा देउवा पक्षका उम्मेद्वार विजयी



बारामा देउवा खेमा हाबी : चार वटै क्षेत्रमा देउवा पक्षका उम्मेद्वार विजयी

वीरगंज : बारामा नेपाली कांग्रेसको क्षेत्रीय अधिवेशनमा चार वटै क्षेत्रमा देउवा पक्षका उम्मेद्वार विजयी भएका छन्। विभिन्न स्थानमा सर्वसम्मतमै अधिवेशन भइरहँदा बाराका चार वटै निर्वाचन क्षेत्रको क्षेत्रीय अधिवेशनमा निर्वाचन भएको हो।

मत परिणाम अनुसार क्षेत्र नम्बर १ को सभापतिमा विजय शंकर यादव विजयी भएका छन् भने क्षेत्र नम्बर २ मा रामप्रवेश यादव, क्षेत्र नम्बर ३ मा प्रभात चौरसिया र क्षेत्र नम्बर ४ मा सुनिल गुप्ता सभापतिमा निर्वाचित भएका हुन्।

विजय शंकरले १ सय ४ मतले राम प्रसाद चौधरीलाई पराजित गरे। क्षेत्र नम्बर १ मा ६ सय ४२ खसेको थियो। सोमध्ये ३ सय ५८ उनले प्राप्त गरेका छन् भने २ सय ५४ मत चौधरीले प्राप्त गरे।

क्षेत्र नम्बर २ मा क्षेत्रीय सभापतिमा रामप्रवेश यादवले ६३ मतले महागढीमाई नगरपालिकाका नगर प्रमुख समेत रहेका उपेन्द्र यादवलाई पराजित गरे। उनले कूल ३ सय ७६ मत प्राप्त गरेका छन् भने नगरप्रमुख यादवले ३ सय १३ मत प्राप्त गरी पराजित भएका छन्।

त्यसैगरी, क्षेत्र नम्बर ३ को सभापतिमा प्रभात कुमार चौरसिया निर्वाचित भएका छन्। क्षेत्र नम्बर ३ मा खसेको ५ सय ५८ मतमध्ये सभापतिमा निर्वाचित चौरसियाले ३ सय २ मत ल्याए। उनका प्रतिस्पर्धी मुकेश कुशवाहाले २ सय ९१ मत ल्याए।

त्यस्तै, निर्वाचन क्षेत्र नम्बर ४ मा सुनिल गुप्ता निर्वाचित भएका छन्। गुप्ताले ६७ मतले लालबाबु सिंहलाई पराजित गरे। क्षेत्र नम्बर ४ मा ५ सय ३ मत खसेको थियो। गुप्ताले २ सय ८३ मत प्राप्त गरे भने प्रतिस्पर्धी सिंहले २ सय १९ मत प्राप्त गरे। नेपाली कांग्रेसको क्षेत्रीय समितिको लागि शुक्रवार मतदान भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell