PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

कांग्रेस लुम्बिनी प्रदेश सभापतिमा संस्थापनइतरका अमरसिंह पुन निर्वाचित



कांग्रेस लुम्बिनी प्रदेश सभापतिमा संस्थापनइतरका अमरसिंह पुन निर्वाचित

  • रमेश पराजुली-

बुटवलः नेपाली कांग्रेस लुम्बिनी प्रदेशको सभापतिमा अमरसिंह पुन निर्वाचित भएका छन्।

वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका पुनले पार्टी सभापति शेरबहादुर देउवा पक्षका भरतकुमार शाहलाई ८५ मतान्तरले पराजित गर्दै लुम्बिनी कांग्रेसको सभापतिमा निर्वाचित भएको प्रमुख निर्वाचन अधिकृत डा. बुद्धबहादुर थापाले जानकारी दिए।

पुनले ८५२ मत पाएका छन्। शाहले ७६७ मत पाएका छन्। पुनले मत गणनाको सुरूवाती चरणबाटै अग्रता लिएका थिए। प्रदेशको नेतृत्वको लागि शनिबार मतदान भएपनि आइतबार बिहानबाट मात्रै मतगणना सुरु भएको थियो । निर्वाचनमा १ हजार ६३१ मत खसेको थियो।

संघीयता कार्यान्वयनमा आएको चार वर्षपछि कांग्रेसले पहिलोपटक प्रदेश सभापति चुन्न लागेको हो। लुम्बिनी प्रदेशमा संस्थापनइतर समूह बलियो देखिएको छ।

प्रदेशका १२ जिल्लामध्ये ९ जिल्ला सभापति, क्षेत्रीय सभापति, प्रदेशसभा र महाधिवेशन प्रतिनिधिमा वरिष्ठ नेता रामचन्द्र पौडेल समूह बलियो देखिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell