PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

मतदान नगर्नु नै उपयुक्त ठानेँ, गल्ती भए क्षमाप्रार्थी छु : शेखर कोइराला



मतदान नगर्नु नै उपयुक्त ठानेँ, गल्ती भए क्षमाप्रार्थी छु : शेखर कोइराला

काठमाडौं : नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले प्रदेश १ को अधिवेशनमा आफूले मतदान नगर्नुको कारण खुलाएका छन्। प्रदेश १ मा संस्थापनइतरका गुरुराज घिमिरे सभापतिमा पराजित भएपछि कोइरालाले मत नहालेको खुलासा भएको थियो।

त्यसपछि कोइरालाले आफूले मत नदिनुको कारण सामाजिक सञ्जालमा खुलाएका हुन्। 'कांग्रेस १४औं महाधिवेशनमा प्रदेशस्तरसम्म केन्द्रीय नेताहरुले मतदान गर्न पाउने वा नपाउने विषय शुरु देखि नै “संशय” थियो,' उनले भनेका छन्, 'कानुनी परामर्शबाट मतदान गर्दा भविष्यमा जटिलता आउन सक्ने बुझियो। तसर्थ मतदान नगर्नु उपर्युक्त ठानेंँ।'

मतदान नगर्दा गल्ती भएको भए क्षमा दिनसमेत उनले भनेका छन्। 'यसक्रममा म बाट भएको कमजोरीप्रति सचेत रहँदै गल्ती भए क्षमाप्रार्थी छु,' कोइरालाले भनेका छन्।

कोइरालाले विधानतिर देखाउँदै मतदान नगरेको बताएका छन्। तर सम्बन्धित प्रदेशका केन्द्रीय सदस्यले प्रदेश अधिवेशनमा मत हाल्न पाउने स्पष्ट व्यवस्था छ।

यद्यपि, यसरी मत नहाल्ने शेखरमात्र हैनन्। सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र प्रधानमन्त्री पत्नी आरजु देउवा पनि कैलालीमा मतदान गर्न पुगेनन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell