PahiloPost

Apr 17, 2024 | ५ बैशाख २०८१

सिन्धुपाल्चोकका कांग्रेस सभापति विकास लामाको दाबी केन्द्रीय सह-महामन्त्रीमा



सिन्धुपाल्चोकका कांग्रेस सभापति विकास लामाको दाबी केन्द्रीय सह-महामन्त्रीमा

काठमाडौं : सिन्धुपाल्चोक जिल्लाको कांग्रेस सभापति विकास लामाले केन्द्रीय सहमहामन्त्रीमा उम्मेद्वारी दिने घोषणा गरेका छन्। वरिष्ठ नेता रामचन्द्र पौडेल निकट नेता लामाले जनजातितर्फ सहमहामन्त्रीमा उम्मेद्वारी दिने घोषणा गरेका हुन्।

'१४ औं  महाअधिवेशनमा मेरो दाबी (जनजाति तर्फ) सहमहामन्त्री  रहनेछ,' लामाले भने। आफूसँग राम्रो कांग्रेस बनाउने योजना रहेको दाबी गर्दै लामाले उम्मेद्वारी प्रस्तुत गरेका हुन्। 'कांग्रेसलाई देशकै नम्बर वान पार्टी बनाउने योजनासहित म चुनावी मैदानमा आउनेछु,' लामाले भने।

लामा पार्टीलाई नीतिगत र वैचारिक हिसाबले बलियो बनाउनुपर्ने पक्षमा वकालत गर्दै आएका नेता हुन्। पार्टी सभापति शेरबहादुर देउवाको एकलौटीविरुद्ध भएका जिल्ला सभापतिहरुको भेलामा लामा सक्रिय रुपमा सहभागी हुँदै आएका छन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell