PahiloPost

May 13, 2025 | ३० बैशाख २०८२

विवाहपञ्चमी महोत्सव : चौथो दिन आज तिलकोत्सव मनाइयो

विवाहपञ्चमी महोत्सव : चौथो दिन आज तिलकोत्सव मनाइयो

सुमित मिश्र/पहिलोपोस्ट


जनकपुरधाम : साताव्यापी रामजानकी विवाहपञ्चमी महोत्सवको चौथो दिन आज तिलकोत्सव विधि मनाइएको छ। तिलकोत्सवको अवसरमा २ सय ५१ पाहुर लिएर जानकी मन्दिरका सहायक महन्थ रामरोशन दास राम मन्दिर पुगेका थिए।

राम मन्दिरको प्राङ्गणमा आयोजित तिलकोत्सव समारोहमा अयोध्या दरबारको प्रतिनिधित्व गर्ने राममन्दिरका महन्थ राम गिरी र जानकी मन्दिरका सहायक महन्थ रामरोशन दासबीच सम्धी मिलन गरिएको छ।

यसअघि विवाहपञ्चमी महोत्सवअन्तर्गत आइतवार जानकी मन्दिरमा बनाइएको मञ्चमा धनुष तोडिएको थियो। त्रेतायुगमा भगवान रामले धनुष तोडेको स्मरणमा हरेक वर्ष विवाहपञ्चमीको समयमा जनकपुरधाममा धनुष यज्ञ हुन्छ।

त्रेतायुगमा मंसिर शुक्ल पञ्चमीका दिन भगवान राम र सीताको विवाह जनकपुरधाममा भएको सम्झनास्वरुप परापूर्वकालदेखि नै यहाँ धुमधामसँग विवाहपञ्चमी महोत्वस मनाउने गरिन्छ।



ट्रेन्डिङ पोस्ट

Ncell