PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

‘सप्तरङ्ग-३’को घोषणा, अभिनेता राजेश हमाल लगायतका कलाकार सहभागी हुने



‘सप्तरङ्ग-३’को घोषणा, अभिनेता राजेश हमाल लगायतका कलाकार सहभागी हुने

काठमाडौं : कार्यक्रम ‘सप्तरङ्ग-३’ हुने घोषणा भएको छ।  सोमवार राजधानीमा आयोजित कार्यक्रममा आयोजक गृष्मा ब्रोडकास्टिङले ‘सप्तरङ्ग-३’ हुने जानकारी गराएको हो। 

गृष्मा ब्रोडकास्टिङले आयोजना गर्न लागेको ‘सप्तरङ्ग’ले सातै प्रदेशमा जोडिएर कलाकारको सहकार्यमा सचेतना फैलाउने छ। ‘सातै प्रदेशमा रहेका जनतालाई, जनताद्वारा, जनताको निम्ति’ भन्ने भनाईलाई जनमानसमा कला मार्फत प्रष्ट्याउनुनै ‘सप्तरङ्ग’को मूल उद्देश्य रहेको आयोजकले जनाएको छ।

पहिलो र दोस्रो संस्करण सद्भाव र ऐक्यबद्धतामा केन्द्रित भएको थियो। कला संस्कृतिलाई उजागर गर्दै मंसिर २४ देखि काँकडभिट्टाबाट कार्यक्रम सुरु हुनेछ।

काँकडभिट्टा लगत्तै मंसिर २६ मा जनकपुर, मंसिर २८ मा चितवन, पुस १ मा नेपालगन्ज, पुस ३ मा सुर्खेत, ५ मा धनगढी र पुस ९ मा पोखरा पुगेर समापन हुनेछ।

‘सप्तरङ्ग-३’ मा अभिनेता राजेश हमाल, गायक बद्री पङ्गेनी, प्रमोद खरेल, रामकृष्ण ढकाल, अनिल सिंह , हास्य कलाकार सन्दीप छेत्री, राजा राजेन्द्र पोखरेल, गायिका मिलन नेवार र अस्मिता अधिकारी तथा मोडेल उषा उप्रेतीलगायत कलाकारहरू सहभागी हुनेछन्।

यो संस्करणले सातै प्रदेशमा साङ्गीतिक यात्राको माध्यमबाट स्वास्थ्य र समृद्धिको नारालाई प्रवर्द्धन गरिनेछ। यसैगरी, कार्यक्रमको होस्ट निता प्रधान, विवेक खतिवडा र नरेश भट्टराईले गर्ने छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell