PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

स्टोरबाट बरामद रकमको स्रोत के? बिइङ ह्युमन क्लोदिङ नेपालको यस्तो छ स्पष्टीकरण



स्टोरबाट बरामद रकमको स्रोत के? बिइङ ह्युमन क्लोदिङ नेपालको यस्तो छ स्पष्टीकरण

काठमाडौं : गत शुक्रवार दरबारमार्गमा रहेको बिइङ ह्युमनका म्यानेजर हिरोसी खनाललाई प्रहरीले पक्राउ गरेको थियो। खनाललाई स्टोरमा रहेको रकमको स्रोत खुलाउन नसकेको भन्दै प्रहरीले नियन्त्रणमा लिएको थियो।

यसैबीच, बिइङ ह्युमन क्लोदिङ नेपालले प्रेस विज्ञप्ति जारी गर्दै संस्थाको मानमर्दन हुनेगरी सस्तो लोकप्रियताको लागि षड्यन्त्रपूर्वक रुपमा गरिएको कारबाहीप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ।

विज्ञप्तिमार्फत जग्गा खरिद गर्नका लागि सहकारीबाट लिएको कर्जा र पसलको व्यापारबाट आर्जित रकमलाई प्रहरीले नियन्त्रणमा लिएको दावी गरिएको छ। संस्थाले उक्त रकमको श्रोत स्पष्ट खुलेको र आवश्यक कागजात तथा प्रमाणहरुसहित कानुनी उपचार लिन लागिएको जानकारी दिएको छ।

स्टोरबाट प्रहरीले १ हजार दरका ४९ बण्डलमा ४९ लाख र ५ सय दरका १०० वटाको ४१ वटा बण्डलमा बीस लाख पचास हजार रुपैयाँ बरामद गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell