PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

‘ओमोक्रन’ कस्तो किसिमको भेरियन्ट हो? यसबाट बच्न के गर्ने?



‘ओमोक्रन’ कस्तो किसिमको भेरियन्ट हो? यसबाट बच्न के गर्ने?

काठमाडौं : नोभेम्बर २४ मा पहिलो पटक दक्षिण अफ्रिकामा देखिएको कोभिड-१९ को नयाँ भेरियन्ट ‘ओमोक्रन’ नेपालमा पनि देखिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा दुई जनामा ‘ओमोक्रन’ भेरियन्ट पुष्टि भएको जानकारी दिएको छ।

नेपालमा रहेका विदेशी नागरिकमा ओमोक्रन भेरियन्ट देखिएको हो। ६६ वर्षीय विदेशी नागरिक मंसिर ३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाल प्रवेश गरेको मन्त्रालयले जानकारी दिएको छ।

उनी नेपाल आउँदा गरेको पीसीआर परीक्षणमा रिपोर्ट नेगेटिभ देखिएको थियो। त्यस्तै, उनले कोरोना विरुद्धको खोप समेत लगाएका थिए। नेपाल आएको चार दिनपछि अर्थात मंसिर ७ गते उनीसँग सम्पर्कमा आएका ७१ वर्षीय व्यक्तिलाई कोरोना संक्रमणसँग मिल्दो लक्षण देखिएको थियो। त्यसपछि उनको कोभिड परीक्षण गरिएको थियो।

‘ओमोक्रन’ देखिएपछि स्वास्थ्य मन्त्रीस्तरीय बैठक बसेर कसरी रोकथाम तथा नियन्त्रण गर्ने भन्ने विषयमा छलफल समेत भएको छ।

अहिले यो भेरियन्ट नेपाल लगायत विभिन्न मुलुकमा देखिएको छ। यो भेरियन्ट देखापरेको दक्षिण अफ्रिका तथा अन्य मुलुकहरुमा संक्रमण दर ह्वातै बढेको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले जनाएको छ। तर, यो ‘ओमोक्रन’ कतिको संक्रामक छ भन्ने हालसम्म स्पष्ट भइनसकेको र यसबारे थप अध्ययन भइरहेको बताइएको छ।

‘ओमोक्रन’ धैरे छिटो फैलिन सक्ने भेरियन्टका रुपमा देखा परेको केन्द्रले जानकारी दिएको छ। हाल वितरण भइरहेको कोभिड-१९ विरुद्धका खोपहरू यस भेरीयन्टलाई प्रतिरोध गर्न सक्छन् कि सक्दैनन् भन्ने यकिन गर्न वैज्ञानिकहरू अध्ययन गरिरहेको र अहिलेसम्म ठोस तथ्य पत्ता लागिनसकेको केन्द्रले बताएको छ।

पहिले कोमिड-१९ संक्रमण भइसकेकालाई पनि ओमोक्रन भेरियन्टको संक्रमण हुन सक्ने केन्द्रको प्रक्षेपण छ। कोभिड-१९ का अन्य भेरियन्ट जस्तै ओमोक्रनको संक्रमणबाट बच्न पनि मास्कको सही प्रयोग गर्ने, भौतिक दूरी कायम गर्ने, बेलाबेलामा साबुनपानीले हात धुने वा स्यानिटाइजर प्रयोग गर्ने, भिडभाड नगर्ने, हावा आवतजावत राम्रो हुने स्थानमा बस्ने लगायतका सबै जनस्वास्थ्यका मापदण्डहरुको कडाइपूर्वक पालना गर्न र कोभिड-१९ विरुद्धको खोप लगाउन केन्द्रले सुझाव दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell