PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

कांग्रेस महाधिवेशनको तयारी कस्तो हुँदैछ? सभापति देउवाले लिए जानकारी



कांग्रेस महाधिवेशनको तयारी कस्तो हुँदैछ? सभापति देउवाले लिए जानकारी
फाइल फोटो : विश्वप्रकाश शर्मा/फेसबुक।

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टी प्रवक्ता विश्वप्रकाश शर्मासँग महाधिवेशनको तयारीबारे जानकारी लिएका छन्।

सभापतिलाई महाधिवेशनको तयारीबारे जानकारी दिँदै प्रवक्ता शर्माले महाधिवेशनको बन्दसत्र सकिएपछि निर्वाचन प्रक्रियामा जाने बताए। उनले मतदानका लागि २९ वटा स्थानबाट मतपत्र वितरण हुने जानकारी समेत दिए।

महाधिवेशनको लागि २९३ वटा मतदान बुथ र १ हजार वटा मतपत्र खसाल्ने बक्स हुने उनले जानकारी दिए। महाधिवेशनको उद्घाटन मंसिर २४ गते दिउँसो १ बजे हुने शर्माले बताए।

महाधिवेशनमा पार्टीका महामन्त्रीको संगठनात्मक प्रतिवेदन, कोषाध्यक्षको लेखा प्रतिवेदन अनुमोदनका लागि छुट्टै प्रतिवेदन पेस हुनेछ। महाधिवेशनमा विभिन्न राजनीतिक दलका नेताहरूलाई निम्तो समेत दिइएको प्रवक्ता शर्माले सभापति देउवालाई जानकारी दिए।

महाधिवेशनको लागि महाधिवेशन उद्घाटन कार्यक्रम उपसमिति, प्रचारप्रसार उपसमिति, आवास उपसमिति, स्वास्थ्य उपसमिति, खाद्यान्न उपसमिति, विदेशी अतिथि उपसमिति गठन गरिएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell