PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

महाधिवेशन प्रतिनिधिमा किन हारे अमरेश सिंह?



सुमित मिश्र

महाधिवेशन प्रतिनिधिमा किन हारे अमरेश सिंह?
तस्वीर: विश्वनाथ ठाकुर

जनकपुरधाम: सर्लाही क्षेत्र नम्बर ४ को प्रतिनिधिसभा सदस्य सांसद अमरेशकुमार सिंह मंगलबार राति भएको पार्टीको क्षेत्रीय अधिवेशनमा पराजित भएका छन्। उनीविरुद्ध गठबन्धन बनाएको अर्को पक्षसँग उनको प्यानल नै पराजित भएको हो।

प्रतिनिधिसभा चुनावमा भारी मतले जितेका सिंह पार्टीको आन्तरिक चुनावमा भने गुटबन्दीका कारण महाधिवेशन प्रतिनिधिमा पराजित भएका हुन्। सिंह शेखर कोइराला पक्षका भएकाले उनलाई चुनाव जित्न नदिन शेरबहादुर देउवा र बिमलेन्द्र निधि पक्ष एक भएको थियो।

सोही क्षेत्रका दुईजना प्रदेश सांसदहरु उपेन्द्र कुशवाह र वीरेन्द्र सिंह अमरेशविरुद्ध एक भएका थिए। अमरेशको पकड भएको तीन वटा वडामा अधिवेशनसमेत हुन नदिइएपछि उनी हार्ने आंकलन पहिले नै गरिएको थियो। अमरेस सिंहविरुद्ध बनेको गठबन्धन क्षेत्रीय सभापतिदेखि महाविधेशन प्रतिनिधिसम्म सबै पदमा एकलौटी विजयी भएको छ।

अमरेशले पार्टीको केन्द्र र सरकारसमेत आफूलाई हराउन लागि परेको आरोप लगाएका थिए। संस्थापनइतर पक्षलाई कमजोर बनाउन शक्तिको दुरुपयोग गरिएपछि सर्लाहीमा विवाद बढेर वडा अधिवेशनसमेत हुन सकेको थिएन। तीन जना निर्वाचन अधिकृतले चुनाव गराउने नसक्ने भन्दै राजीनामा दिएका थिए।

अहिले सर्लाहीमा अधिवेशन गराउन अरुण ज्ञवालीलाई चौथो निर्वाचन अधिकृतको रुपमा खटाइएको छ। उनी पनि सुरक्षाका लागि सिडियो क्वाटरमा बसेका छन्।

गएराती नै सर्लाही क्षेत्र नम्बर १ को क्षेत्रिय अधिवेशनको चुनाव भएको छ भने परिणाम औपचारीक रुपमा आँउन बाँकी रहेको छ। विवादका कारण स्थगित भएको सर्लाही क्षेत्र नम्बर २ र ३ को क्षेत्रिय अधिवेशनको चुनाव आज हुने जनाइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell