PahiloPost

Apr 28, 2024 | १६ बैशाख २०८१

विवाहपञ्चमी : रंगभूमि मैदानमा यसरी गरियो राम-सीताको स्वयम्बर

विवाहपञ्चमी : रंगभूमि मैदानमा यसरी गरियो राम-सीताको स्वयम्बर

सुमित मिश्र/पहिलोपोस्ट


जनकपुरधाम : भगवान श्रीराम-सीता विवाहपञ्चमी महोत्सवको मुख्यदिन आज जनकपुरधामको रंगभूमि मैदानमा स्वयम्बर कार्यक्रम सम्पन्न भएको छ।

आज दिउँसो साधुसन्तको अगुवाइमा झाँकीकिर्तणसहित राम मन्दिरबाट भगवान रामको डोला र जानकी मन्दिरबाट सीताको डोला निस्केर ऐतिहासिक रंगभूमि मैदानमा पुगेपछि डोलाफेर गरी राम-सीताको स्वयम्बर गरिएको हो।

विवाह उत्सवमा सहभागी हुन नेपाल र भारतका विभिन्न स्थानबाट लाखौँको संख्यामा श्रद्धालुहरु जनकपुरधाम आएका छन्। आज राम मन्दिर र जानकी मन्दिरबाट डोला निकाली रंगभूमि मैदानमा गएर स्वयम्बर आयोजना गरिएको छ।

सो अवसरमा नेपाली सेनाको हेलिकप्टरले जानकी मन्दिर र रंगभूमि मैदानमा पुष्पवृष्टि गरेको थियो। सीता-राम विवाह कार्यक्रम आज राति सम्पन्न हुनेछ।

वैवाहिक कार्यक्रममा राम मन्दिरका महन्थ राम गिरी भगवान रामका बुबा अर्थात राजा दशरथको भूमिकामा हुन्छन् भने जानकी मन्दिरका महन्थ रामतपेश्वर दास बैष्णव छोरी पक्षको नेतृत्व गर्दै सीताको बुबा राजा जनकको भूमिकामा हुन्छन्।



ट्रेन्डिङ पोस्ट

Ncell