PahiloPost

Apr 28, 2024 | १६ बैशाख २०८१

विवाहपञ्चमी : जनकपुरधाममा धुमधामका साथ राम-सीता विवाह उत्सव मनाईँदै

विवाहपञ्चमी : जनकपुरधाममा धुमधामका साथ राम-सीता विवाह उत्सव मनाईँदै

सुमित मिश्र/पहिलोपोस्ट


जनकपुरधाम : साताव्यापी रामजानकी विवाहपञ्चमी महोत्सवको मुख्यदिन आज जनकपुरधाममा विवाह उत्सव मनाईँदै छ। आज दिउँसो जनकपुरधामको रंगभूमि मैदानमा स्वयम्बर कार्यक्रम सम्पन्न भएको छ।

दिउँसो साधुसन्तको अगुवाइमा झाँकीकिर्तणसहित राम मन्दिरबाट भगवान रामको डोला र जानकी मन्दिरबाट सीताको डोला निस्केर ऐतिहासिक रंगभूमि मैदानमा पुगेपछि डोलाफेर गरी राम-सीताको स्वयम्बर गरिएको थियो।

यसैगरी, जनकपुरको जानकी मन्दिरमा राम-सीता विवाह कार्यक्रम आयोजना  गरिएको छ।

वैवाहिक कार्यक्रम आज राति सम्पन्न हुनेछ। विवाह उत्सवमा सहभागी हुन नेपाल र भारतका विभिन्न स्थानबाट लाखौँको संख्यामा श्रद्धालुहरु जनकपुरधाम आएका छन्।



ट्रेन्डिङ पोस्ट

Ncell