PahiloPost

Dec 18, 2024 | ३ पुष २०८१

कांग्रेस महाधिवेशन : मधेसी कोटाबाट अजय चौरसियाले गरे सह-महामन्त्रीमा उम्मेद्वारीको घोषणा



कांग्रेस महाधिवेशन : मधेसी कोटाबाट अजय चौरसियाले गरे सह-महामन्त्रीमा उम्मेद्वारीको घोषणा

वीरगंज : नेपाली कांग्रेस पर्साका मधेसी नेता अजय चौरसियाले पार्टीको १४औँ महाधिवेशनमा आफू सह-महामन्त्रीको उम्मेद्वार बन्ने घोषणा गरेका छन्। कांग्रेसको वर्तमान केन्द्रीय सदस्य तथा तराई मधेस विभागका प्रमुख रहेका चौरसियाले आगामी केन्द्रीय समितिमा मधेसी कोटामा सह-महामन्त्रीका लागि उम्मेद्वारी दिने छलफल भएको जानकारी दिए।

कांग्रेस सभापति शेरबहादुर देउवासँग नजिक रहेका उनी देउवा प्यानलबाट भिड्ने घोषणा गरेका हुन्। पूर्व मन्त्री समेत रहेका चौरसिया लगातार २ पटकदेखि कांग्रेसको केन्द्रीय सदस्य छन्।

पर्सामा संस्थापन पक्षकै अर्का केन्द्रीय सदस्य रमेश रिजालसँग मिलेर चौरसियाले बिमलेन्द्र निधि निटक अजय द्विवेदी र रामचन्द्र पौडेल निकट राजेन्द्र बहादुर अमात्यको समूहलाई जिल्लामा नराम्ररी परास्त गरेका छन्। चौरसिया-रिजाल समूह अधिकांश वडाहरु, प्रदेशसभा क्षेत्र र क्षेत्रीय समितिमा देउवा समूहको वर्चश्व स्थापति गर्न सफल भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell