PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

जनरल विपिन रावतको हेलिकप्टर दुर्घटनामा निधन भएकोप्रति भारतीय प्रधानमन्त्री मोदीद्वारा दुःख व्यक्त



जनरल विपिन रावतको हेलिकप्टर दुर्घटनामा निधन भएकोप्रति भारतीय प्रधानमन्त्री मोदीद्वारा दुःख व्यक्त
Photo: @narendramodi/Twitter

भारतका चिफ अफ डिफेन्स स्टाफ जनरल विपिन रावतको हेलिकप्टर दुर्घटनामा बुधवार निधन भयो। एमआइ सिरिज हेलिकप्टरमा रावलकी श्रीमती, उनको परिवारका केही सदस्य र सैन्य अधिकारी सहित १४ जना थिए।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बुधवार ट्विट गर्दै रावतको निधनले आफूलाई दुःखी बनाएको बताएका छन्। मोदीले रावत एक उत्कृष्ट सिपाही रहेको बताउँदै उनले भारतको सशस्त्र बल र सुरक्षा उपकरणको आधुनिकीकरण गर्न ठूलो योगदान गरेको समेत बताएका छन्।

मोदीले ट्विटमा लेखेका छन्, ‘जनरल विपिन रावत एक उत्कृष्ट सिपाही हुनुहुन्थ्यो। एक सच्चा देशभक्त, उहाँले हाम्रो सशस्त्र बल र सुरक्षा उपकरणको आधुनिकीकरण गर्न ठूलो योगदान गर्नुभयो। रणनीतिक मामिलामा उहाँको अन्तरदृष्टि असाधारण थियो। उहाँको निधनले मलाई गहिरो दुःख दिएको छ। ओम शान्ति।’

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell