PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले पारित गर्‍यो खड्का, निधि र घिमिरेको प्रतिवेदन



कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले पारित गर्‍यो खड्का, निधि र घिमिरेको प्रतिवेदन

काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आज बसेको बैठकले विभिन्न प्रतिवेदनहरु पारित गरेको छ। सभापति शेरबहादुर देउवाको सभापतित्वमा कांग्रेस केन्द्रीय कार्यालयमा बसेको बैठकले प्रतिवेदनहरु पारित गरेको हो।

बैठकले कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले प्रस्तुत गरेको महामन्त्रीको प्रतिवेदन र उपसभापति विमलेन्द्र निधिले प्रस्तुत गरेको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको प्रतिवेदन पारित गरेको हो। त्यस्तै, कांग्रेस लेखा समितिका संयोजक श्याम घिमिरेले प्रस्तुत गरेको लेखा समितिको प्रतिवेदन पनि बैठकले पारित गरेको छ।

यसैगरी, बैठकले पार्टीको १४औँ महाधिवेशन तयारीका क्रममा नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको निर्णय बमोजिम विधानको विभिन्न धारा उपधारा व्याख्या, वाधा अड्काउ फुकाउ र निलम्बन गर्ने निर्णय अनुमोदनका लागि महाधिवेशनमा प्रस्तुत गर्ने निर्णय समेत गरेको छ। बैठकले पारित गरेका यी प्रतिवेदन र प्रस्तावहरु महाधिवेशनमा प्रस्तुत गर्ने निर्णय गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell