PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

प्रतिगामी भन्दै पूर्व राजालाई माधव नेपालको आग्रह : कि पार्टी खोल्नुस् कि व्यापार गर्नुस्



प्रतिगामी भन्दै पूर्व राजालाई माधव नेपालको आग्रह : कि पार्टी खोल्नुस् कि व्यापार गर्नुस्

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षले नेपालको राजनीतिमा कालो बादल मडारिएको बताएका छन्। प्रतिगामीहरु हावी भएको भन्दै उनले नेपालमा फेरि राजतन्त्रको भविष्य नभएको बताए।

'नेपालको राजनीतिमा कालो बादल मडार्न खोजिएको छ। सावधान! भन्न चाहन्छु म प्रतिगामी तत्वलाई। अब राजतन्त्रको कुनै भविष्य छैन। नेपाली जनता फेरि कसैको शासनमा बस्न तयार छैन।'

उनले पूर्व राजा ज्ञानेन्द्रप्रति लक्षित गर्दै नयाँ पार्टी खोलेर राजनीति गर्न सुझाव समेत दिए।

'राजाले पनि एउटा नयाँ पार्टी खोले हुन्छ। नभए एउटा व्यापार गरे हुन्छ। राष्ट्रियताको रक्षा हामी आफैले गर्न सक्छौं। विकास र समृद्धिको यात्रामा हामी अघि बढ्नुपर्छ,' नेपाली कांग्रेसको महाधिवेशन उद्घाटनसत्रमा शुभकामना दिँदै नेता नेपालले भने।

उनले राजनीतिमा राजनीतिक विकृति रहेको भन्दै त्यसलाई पन्छाउनुपर्ने र टुलटुलु हेरेर बस्ने समय नभएको बताए।

मञ्चमै रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीप्रति लक्षित गर्दै उनले लोकतन्त्रको सफलताका लागि अरुको सम्मान अरुको मर्यादा गर्ने परिपाटी बसाल्नुपर्ने समेत बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell