PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

मानव अधिकार दिवस : शून्य सहनशीलता अपनाउनु पर्नेमा जोड



मानव अधिकार दिवस : शून्य सहनशीलता अपनाउनु पर्नेमा जोड

भक्तपुर : ७३औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस-२०२१ को अवसरमा मानव अधिकार राष्ट्रिय कार्ययोजना र स्थानीय तहमा यसको कार्यान्वयन सम्बन्धि कार्यशाला कार्यक्रम सम्पन्न भएको छ। मानव अधिकार सञ्चार प्रतिष्ठान नेपालको आयोजना र चाँगुनारायण नगरपालिका भक्तपुरको समन्वयमा भएको कार्यशालामा नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी र नागरिक समाज संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो।

कार्यशालामा मानव अधिकार राष्ट्रिय कार्ययोजनाको बारेमा छलफल गरिएको थियो। सो क्रममा मानव अधिकारको आवश्यकता र औचित्य स्थानीय तहमा कसरी कार्यान्वयन गर्न सकिन्छ र मानव अधिकारका मुलभुत सिद्धान्तहरुलाई लागू गर्न स्थानीय तहले कसरी योजना बनाउनु पर्छ भन्ने विषयमा मानवअधिकारकर्मी मीना शर्माले प्रस्तुतिकरण गरेकी थिइन्।

प्रस्तुतिकरण प्रश्चात नागरिक समाज संघ संस्थाहरुको तर्फबाट विचार राख्दै सहभागीले स्थानीय तहबाट नै मानव अधिकारका मुलभुत पक्षहरुलाई कार्यान्वयन गर्न स्थानीय तहले नागरिक समाज र संघसंस्थाहरुसँगको समन्वयमा ठोस कार्ययोजना तयार पारी लागू गर्नु पर्ने कुरामा जोड दिए। मानव अधिकार उल्लंघनमा शून्य सहनशीलता अपनाउनु पर्ने सहभागीहरुको विचार थियो।

कार्यक्रममा नगर प्रमुख सोम प्रसाद मिश्रले मानव अधिकार सुनिश्चित गर्न नगरपालिकाले कुनै कसर बाँकी नराख्ने र नागरिक समाज संघसंस्थाहरुसँग सदैव हातेमालो गरेर अगाडि बढ्न नगरपालिका तयार रहेको बताए। उनले नगरपालिकाबाट हुने सार्वजनिक सेवा प्रवाहको क्रममा हुन सक्ने कमिकमजोरीहरु औँलाई दिएर आवश्यक राय सुझाव सल्लाहहरु दिन समेत नागरिक समाजलाई अनुरोध गरे।

मानव अधिकार राष्ट्रिय कार्ययोजना स्थानीय तहमा यसको कार्यान्वयन गर्न ठोस कार्ययोजना तयार पार्न नगरपालिकाबाट विधायन समितिका सदस्य सपना तामाङको संयोजकत्वमा ५ सदस्यीय कार्यदल गठन भएको छ। कार्यदलमा सरुना परियार (विधायन समिति), आशा माझी (नगरपालिका कर्मचारी), रामभक्त सुवाल (भक्तपुर बार) र पहलमान श्रेष्ठ (गैसस भक्तपुर) प्रतिनिधित्व छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell