PahiloPost

Sep 19, 2026 | ३ असोज २०८३

संस्थापनइतर समूहले भोलि बिहान १० बजेसम्ममा साझा उम्मेद्वारको टुंगो लगाउने



संस्थापनइतर समूहले भोलि बिहान १० बजेसम्ममा साझा उम्मेद्वारको टुंगो लगाउने

काठमाडौं : नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा संस्थापनइतर समूहले मनोनयन दर्ता गर्ने समयसम्ममा साझा उम्मेद्वारको टुंगो लगाउने भएको छ। नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले शनिवार बिहान १० बजेसम्ममा साझा उम्मेद्वार आउने बताएका हुन्।

संस्थापनइतरका ४ आकांक्षी नेताहरु भृकुटीमण्डपको उद्घाटनसत्रपछि बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा छलफलमा जुटेका थिए। तर, सो छलफलमा साझा उम्मेद्वारको विषयमा कुनै सहमति हुन सकेन।

कांग्रेसमा पदाधिकारी र केन्द्रीय सदस्यका लागि मंसिर २७ गते निर्वाचन हुँदैछ। तर, हालसम्म संस्थापनइतर समूहले सभापतिमा साझा उम्मेद्वार छनोट गर्न सकेका छैनन्।

मनोनयन दर्ता शनिवार बिहान १० देखि साँझ ५ बजेसम्म, उम्मेद्वारी मनोनयन दर्ताउपर दाबी विरोध र जाँचबुझ शनिवार साँझ ५ देखि ७ बजेसम्म र दाबी विरोधउपर निर्णय साँझ ७ देखि ९ बजेसम्म हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell