PahiloPost

May 8, 2024 | २६ बैशाख २०८१

देउवालाई टक्कर दिने यस्तो छ शेखर कोइरालाको टिम



देउवालाई टक्कर दिने यस्तो छ शेखर कोइरालाको टिम

काठमाडौं : कांग्रेसको महाधिवेशनमा शेखर कोइरालाले प्यानलसहित उम्मेद्वारी दिएका छन्। देउवाले दोस्रो कार्यकालका लागि सभापति पदमा उम्मेदवारी दिँदा उनलाई टक्कर दिन कोइराला प्यानलसहित चुनावी मेदानमा उत्रिएका हुन्।

कोइराला प्यानलबाट उपसभापतिमा चन्द्र भण्डारी र धनराज गुरुङ रहेका छन्। त्यस्तै, महामन्त्रीमा मिनेन्द्र रिजाल र गगन कुमार थापा रहेका छन्। 

सह महामन्त्रीमा महिलातर्फ कमला पन्त, आदिवासी जनजाती तर्फको सहमहामन्त्रीमा विकास लामा, दलितर्फको सहमहामन्त्रीमा जीवन परियार, मधेसीतर्फको सहमहामन्त्रीमा रामकृष्ण यादव, खस आर्यतर्फको सहमहामन्त्रीमा देवराज चालिसे, थारु तर्फको सहमहामन्त्रीमा तेजुलाल चौधरी, मुस्लिमतर्फको सहमहामन्त्रीमा शेख वकिल र पिछडिएको क्षेत्रको सहमहामन्त्रीमा बद्रि पाण्डेलाई उम्मेद्वार छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell