PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

अन्ततः संस्थापन इतर तितरबितर : सहमति नहुँदा रामचन्द्रको वाकओभर, प्रकाशमान र शेखरको फरक प्‍यानल



अन्ततः संस्थापन इतर तितरबितर : सहमति नहुँदा रामचन्द्रको वाकओभर, प्रकाशमान र शेखरको फरक प्‍यानल

काठमाडौं : नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत आज उम्मेद्वार मनोनयन दर्ताको प्रकृया सकिएको छ। आज बिहान १० बजेदेखि साँझ ५ बजेसम्म मनोनयन दर्ता गरिएको हो।

१४औँ महाधिवेशनमा सभापतिको लागि ६ जनाको उम्मेद्वारी परेको छ। शेरबहादुर देउवाले पुनः सभापति पदमा लड्ने भएका छन्। संस्थापनइतर समूहबाट साझा उम्मेद्वार खडा गर्ने भनिएपनि सहमति हुन नसक्दा प्यानलसहित छुट्टाछुट्टै उम्मेद्वारी दर्ता भएको छ।

देउवासँग संस्थापनइतर समूहबाट शेखर कोइराला, प्रकाशमान सिंह र विमलेन्द्र निधिले प्रतिस्पर्धा गर्ने भएका छन्। त्यसबाहेक सभापति पदको लागि कल्याण गुरुङ र युवराज न्यौपानेले पनि उम्मेद्वारी दिएका छन्।

यता, सभापति पदका प्रत्यासी रहेका वरिष्ठ नेता रामचन्द्र पौडेल सभापतिको रेसबाटै बाहिरिएका छन्। पौडेलले कांग्रेस यतिखेर संसदीय विचलनबाट हात लागेको सत्ता अवसरमा रमाइरहेको भनेर आलोचना गर्दै आफूलाई प्रतिस्पर्धाबाट अलग्याउने निर्णय गरेका हुन्।

त्यस्तै, उपसभापति र महामन्त्री पदको लागि पाँच/पाँच जनाको उम्मेद्वारी परेको छ। देउवाको प्यानलबाट उपसभापतिमा विजय कुमार गच्छदार र पूर्णबहादुर खड्का रहेका छन्। उनीहरुलाई कोइराला प्यानलबाट चन्द्र भण्डारी र धनराज गुरुङले चुनौति दिने भएका छन्। सुजाता कोइरालाले सिंह प्यानलबाट उपसभापतिमा उम्मेद्वारी दिएकी छिन्।

त्यस्तै, महामन्त्रीमा देउवा प्यानलबाट डा प्रकाशशरण महत र प्रदीप पौडेल रहेका छन्। उनीहरुलाई कोइराला प्यानलबाट मिनेन्द्र रिजाल र गगन कुमार थापाले चुनौति दिने भएका छन्। विश्व प्रकाश शर्माले सिंह प्यानलबाट महामन्त्रीमा उम्मेद्वारी दिएका छिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell