PahiloPost

Jul 5, 2024 | २२ असार २०८१

एमाले लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा राधाकृष्ण कँडेल



एमाले लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा राधाकृष्ण कँडेल

बुटवल : नेकपा (एमाले) लुम्बिनी प्रदेशको अध्यक्षमा राधाकृष्ण कँडेल चयन भएका छन्।

आइतवार बसेको एमाले केन्द्रीय कमिटीको बैठकले यसअघिका प्रदेश सदस्य यथावत् राखी प्रदेशका पदाधिकारी चयन गरेको हो। कँडेल पाल्पाका पूर्व जिल्ला अध्यक्ष तथा संविधानसभा सदस्य पनि हुन्।

त्यस्तै, केन्द्रीय कमिटी बैठकले उपाध्यक्षमा भोजप्रसाद श्रेष्ठलाई चयन गरेको छ। प्रदेश सांसदसमेत रहेका श्रेष्ठ एमाले रुपन्देहीका पूर्व अध्यक्ष हुन्। उनी केन्द्रीय सदस्यका आकांक्षी पनि थिए।

त्यसैगरी, सचिवमा दाङका लक्ष्मण आचार्य, सहसचिवमा बर्दियाका लीला राना र बाँकेका दुर्गा थारु चयन भएका छन्। राना यस अगाडि प्रदेश कमिटी सदस्य थिइन् भने थारु जिल्लाको सहसचिव थिए। राना पूर्व माओवादी खेमाकी हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell