PahiloPost

Jun 26, 2024 | १३ असार २०८१

पटेर्वा सुगौलीमा आमरण अनशनमा बसेका युवकको अवस्था नाजुक, अस्पताल भर्ना



पटेर्वा सुगौलीमा आमरण अनशनमा बसेका युवकको अवस्था नाजुक, अस्पताल भर्ना

वीरगंज : स्थानीय तहमा भ्रष्टाचार बढेको भन्दै पर्साको पटेर्वा सुगौली गाउँपालिकामा विगत सात दिनदेखि आमरण अनशनमा बसेका युवक रामजन्म चौधरीको अवस्था नाजुक बनेको छ।

अनशनको आइतवार ७औँ दिन उनको अवस्था बिग्रेपछि उनलाई अस्पताल भर्ना गरिएको छ। गाउँपालिकाको वडा नम्बर ३ बस्ने २८ वर्षीय चौधरी कृषि भेटनरी प्राविधिक हुन्। उनले गाउँपालिकामा बढेको भ्रष्टाचारको विरोधमा १० सुत्रीय माग राख्दै ७ दिनदेखि गाउँपालिका कार्यालय अगाडि आमरण अनशन बस्दै आएकोमा उनको शारीरिक अवस्था बिग्रेपछि नारायणी अस्पताल ल्याइएको छ।

उनलाई अहिले डिहाईड्रेसन भएकोले ग्लुकोज चढाउने काम भइरहेको चिकित्सकहरुले बताएका छन्।

अस्पतालमा नेकपा (माओवादी केन्द्र)का पर्सा इन्चार्ज विजय महतो, पर्सा अध्यक्ष रामदरश कुशवाहा, जिल्ला सचिव बालेश्वर थारु, माओवादी केन्द्रका पटेर्वा सुगौली गाउँपालिका कमिटी उपाध्यक्ष मदन चौधरीलगायतले उनीसँग भेटघाट गर्दै उनको माग सम्बोधन गर्न गाउँपालिकाका जनप्रतिनिधिसँग अपिल गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell