PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

माओवादी केन्द्र लुम्बिनी प्रदेशमा २१७ सदस्य निर्विरोध



माओवादी केन्द्र लुम्बिनी प्रदेशमा २१७ सदस्य निर्विरोध

बुटवल : नेकपा (माओवादी केन्द्र) लुम्बिनी प्रदेशमा २१७ जना सदस्य निर्विरोध निर्वाचित भएका छन्। प्रदेश राजधानी दाङको भालुवाङमा शनिवारदेखि शुरु भएको प्रदेश सम्मेलनबाट २१७ सदस्य निर्विरोध भएका हुन्।

समितिको भोलि सोमवार बिहान ८ बजे बस्ने बैठकले पदाधिकारी चयन गर्नेछ। अहिले केन्द्रीय समितिमा रहेकाहरु प्रदेशमा नबस्ने सहमति भएपछि साबिक प्रदेशकै सदस्यबाट पदाधिकारी चयन हुने सम्भावना बढेको छ।

लुम्बिनी प्रदेशमा दुई सय ५३ सदस्यीय कमिटी गठन हुनेछ। अहिलेसम्म अध्यक्षमा दाङका हेमराज शर्मा ‘डायमण्ड’, गुल्मीका सुदर्शन बराल, रोल्पाका दिपेन्द्र पुन ‘सिजल’, पूर्वी रुकुमका तेजबहादुर वली लगायतको चर्चा रहेको छ।

माओवादी केन्द्र पहिलो राजनीतिक शक्तिको रुपमा उदय हुन संगठन, विचार र निर्वाचनलाई ध्यानमा राख्न आग्रह गरिएको छ। माओवादी केन्द्र लुम्बिनी प्रदेश संगठन कमिटीका सचिव जगप्रसाद शर्माले प्रदेशका सबै १०९ स्थानीय तहमा संगठन विस्तार भएको र एक लाख १२ हजार ९ सय ८८ पार्टी सदस्य रहेको जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell