PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

भोलिको प्रतिनिधिसभा बैठकको कार्यसूची सार्वजनिक, ६ वटा अध्यादेश पेश हुने



भोलिको प्रतिनिधिसभा बैठकको कार्यसूची सार्वजनिक, ६ वटा अध्यादेश पेश हुने

काठमाडौं : प्रतिनिधिसभाको मंगलवारको बैठकको लागि कार्यसूची तय भएको छ। संघीय संसद सचिवालयले सोमवार बैठकका सम्भावित कार्यसूची सार्वजनिक गरेको हो।

कार्यसूचीअनुसार राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वान सम्बन्धी पत्र सभामुखले पढेर सुनाउने छन्। त्यस्तै, सभामुखले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १० को उपनियम (१) बमोजिम अध्यक्षता गर्ने सदस्यहरूको मनोनयन गर्ने छन्।

मंगलवारको बैठकमा ६ वटा अध्यादेशहरु पेश गरिने कार्यसूची रहेको छ। जसअन्तर्गत गृहमन्त्री बालकृष्ण खाणले ‘नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश, २०७८’, ‘तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, २०७८’ र ‘सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश, २०७८’ पेश गर्ने सम्भावित कार्यसूचीमा उल्लेख छ।

त्यस्तै, भौतिक पूर्वाधार तथा संसदीय मामिला मन्त्री रेनुकुमारी यादवले ‘रेल्वे अध्यादेश, २०७८’ पेश गर्नेछिन् भने कानुन, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्र प्रसाद बडूले ‘यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७८’ र ‘फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश, २०७८’ पेश गर्ने कार्यसूची रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell