PahiloPost

Jul 3, 2024 | २० असार २०८१

जबरजस्ती करणीको अभियोगमा एक भारतीय युवक पक्राउ



जबरजस्ती करणीको अभियोगमा एक भारतीय युवक पक्राउ

वीरगंज : पर्सा प्रहरीले १६ वर्षीया किशोरीलाई प्रलोभनमा पारी जबरजस्ती करणी गरेको अभियोगमा भारतीय नागरिकलाई पक्राउ गरेको छ। विवाह गर्ने प्रलोभन देखाएर पटक-पटक जबरजस्ती करणी गरेको अभियोगमा भारत जम्मु कश्मीर चट्टाभोर क्याम्प वडा नम्बर २ तसिल गाडीगाडका २९ वर्षीय सतवन्त सिंहलाई प्रहरीले पक्राउ गरेको हो।

गत मंसिर २४ गते वीरगंज महानगरपालिका वडा नम्बर ११ श्रीपुरस्थित आफ्नै कोठामा जबरजस्ती करणी गरेको किशोरीका अभिभावकले दिएको जाहेरीका आधारमा प्रहरीले सिंहलाई पक्राउ गरेको पर्साका प्रहरी प्रवक्ता डीएसपी ओमप्रकाश खनालले बताए।

सिंहलाई जिल्ला अदालत पर्साबाट जबरजस्ती करणी सम्बन्धि कसूरमा ५ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको डीएसपी खनालले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell