PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

सभागृहमा फेरि देउवाका लागि देउडा



सभागृहमा फेरि देउवाका लागि देउडा

काठमाडौं : नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आज सभापतिका लागि दोस्रो चरणको निर्वाचन हुँदैछ। हिजो भएको निर्वाचनमा कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसकेपछि नेतृत्वका लागि आज फेरि मतदान हुने भएको हो।

आज हुने निर्वाचनमा प्रधानमन्त्री शेरबहादुर देउवा जित्ने निश्चित भइसकेका छन्। प्रकाशमान सिंहले समर्थन जनाएसँगै उनको जित सुनिश्चित भएको हो। 

दुई नेताबिच सहमति भएपछि मतदानस्थल बाहिर देउवा र प्रकाशमान समर्थकहरुले बिहानै देखि नाराबाजी गरिरहेका छन्। देउवाको पक्षमा नेता कार्यकर्ताहरुले प्रदर्शनमार्गमा देउडा खेल्दैछन्।

यसअघिको पहिलो चरणको निर्वाचण अघि पनि यसरी नै देउवाको लागि मत माग्दै देउडा खेलिएको थियो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell