PahiloPost

Jun 29, 2024 | १६ असार २०८१

पार्टीभित्र थप ध्रुवीकरण बढ्न नदिन पौडेल र कोइरालाको संयुक्त पहल, नेताहरुसँग छुट्टाछुट्टै कुराकानी



पार्टीभित्र थप ध्रुवीकरण बढ्न नदिन पौडेल र कोइरालाको संयुक्त पहल, नेताहरुसँग छुट्टाछुट्टै कुराकानी

काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री डा शशांक कोइरालाले पार्टीभित्र थप ध्रुवीकरण बढ्न नदिन संयुक्त पहल थालेका छन्। निकट भविष्यमा हुने तीन तहका निर्वाचनलाई मध्यनजर गर्दै पौडेल र कोइरालाले १४ औँ महाधिवेशनका सभापतिका सबै प्रत्यासीसँग कुरा गरेर पार्टीभित्र एकताका पक्षमा पहल गर्न आग्रह गरेका हुन्।

निर्वाचन प्रक्रियाबाट अलग रहेका वरिष्ठ नेता पौडेलले प्रधानमन्त्री शेरबहादुर देउवासहित प्रतिस्पर्धामा रहेका नेताहरुलाई भेटेरै पार्टीभित्र वृहत्तर एकताका लागि थप ध्रुवीकरण नगर्न आग्रह गरेका छन्। वरिष्ठ नेता पौडेल र महामन्त्री कोइरालाका बीचमा तीन तहको निर्वाचनमा विपक्षीहरुसँग प्रतिस्पर्धामा उत्रनका लागि पार्टीभित्रको सद्भाव आवश्यक हुने भन्दै एकताका पक्षमा पहल गर्ने सहमति भएको हो।

दुवै नेताहरुको सहमति अनुसार अन्य नेताहरुसँग छुट्टाछुट्टै कुरा गरेर सहमति र एकताका लागि स्वस्थ लोकतान्त्रिक अभ्यास गर्न पौडेल र कोइरालाले आग्रह गरेका हुन्।

पौडेल र महामन्त्री निकट एक नेताले भने, ‘वरिष्ठ नेता पौडेल र महामन्त्री कोइरालाबीच पार्टीभित्र ध्रुवीकरण नहोस् र गुटबन्दी अझ नबढोस् भनेर सल्लाह भएको छ। त्यही सल्लाहअनुसार दुवै नेताले प्रधानमन्त्री देउवा, सभापतिका उम्मेद्वार डा शेखर कोइराला लगायतका नेताहरुलाई सम्पर्क गरेरै एकताका लागि आग्रह गर्नुभएको छ।’

पौडेल र कोइराला दुवैले पार्टीभित्र देखिएका चुनौती सामना गर्न स्वस्थ लोकतान्त्रिक अभ्यासका लागि आग्रह समेत गरेका छन्। यसपटक निर्वाचनमा दुवै नेता कुनैपनि पक्षमा खुलेर लागेका छैनन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell