
महाभारतभन्दा कम छैन - कांग्रेस महाधिवेशन। निर्वाचन दोस्रो चरणमा दौडिरहेको छ सभापतिका लागि। पक्ष र विपक्षमा तैनाथ भएर मत मागिरहेका छन्। सामुन्ने पर्दा मुस्कान छरे पनि युद्धकै हारजितको अवस्थामा छ मन्। भेडाहरु बथानबाट यता उता भइरहेका छन् - आशालाई आश्चर्यतिर धकेल्दै। षड्यन्त्रका लागि सकुनीहरु कम छैनन्। र, जारी छ - महाभारतमय महाधिवेशन।