PahiloPost

Sep 28, 2024 | १२ असोज २०८१

एकोहोरो लाइनबाट मात्र भोट खसाल्ने व्यवस्था हुँदा मतदानमा ढिलाइ, ‘साढे दुई घण्टासम्म लाइनमा’

एकोहोरो लाइनबाट मात्र भोट खसाल्ने व्यवस्था हुँदा मतदानमा ढिलाइ, ‘साढे दुई घण्टासम्म लाइनमा’


काठमाडौं : नेपाली कांग्रेसको सभापति छनोट गर्नका लागि अहिले राष्ट्रिय सभागृहमा दोस्रो चरणको मतदान जारी छ। तर, मतदान व्यवस्थित नभएको महाधिवेशन प्रतिनिधिहरुले गुनासो गरेका छन्। एकोहोरो लाइनमात्र राखिएपछि मत खसाल्न लाइनमा बसेका प्रतिनिधिले सास्ती पाएका छन्। दुई घण्टाभन्दा बढी समय लाइनमा बस्नुपरेको प्रतिनिधिहरुको गुनासो छ। एकोहोरो लाइन लगाएर उम्मेद्वारले सोही समयमा भोट समेत माग्ने अवसर बनाएपछि मतदानमा थप ढिलाइ भएको हो। 

कालिकोटका महाधिवेशन प्रतिनिधि मानबहादुर रोकायाले मतदान भद्रगोल भएको गुनासो गरे। साढे दुई घण्टा लाइनमा उभिनुपरेको भन्दै रोकायाले यो निर्वाचन समितिको कमजोरी भएको बताए।

उनले भने, ‘मतदानमा भद्रगोल छ। बर्बादै छ। व्यवस्थित छैन। साढे दुई घण्टा लाइनमा उभिनुपर्‍यो। यो निर्वाचन समितिको कमजोरी हो।’

हिजो भएको मतदानमा कुनै पनि उम्मेद्वारले ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसक्दा आज फेरि मतदान प्रक्रिया अघि बढेको हो। दिउँसो साढे ३ बजेदेखि शुरु भएको मतदानमा सहभागी हुन ३ बजेदेखि नै महाधिवेशन प्रतिनिधिहरु लाइनमा छन्।



ट्रेन्डिङ पोस्ट

Ncell