PahiloPost

Dec 17, 2024 | २ पुष २०८१

समाज बदल्न मानवीय विकास आवश्यक : विष्णु पौडेल



समाज बदल्न मानवीय विकास आवश्यक : विष्णु पौडेल

बुटवल : नेकपा (एमाले)का उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री विष्णु पौडेलले समाज बदल्न मानवीय विकास आवश्यक रहेको बताएका छन्। बुधवार रुपन्देहीको तिलोत्तमा नगरपालिकालाई बालमैत्री नगरपालिका घोषणा कार्यक्रममा पौडेलले भौतिक पूर्वाधारको विकासले मात्रै समाज बदल्न नसकिने बताए।

तिलोत्तमाले भौतिक र मानवीय विकासलाई सन्तुलन मिलाएर अघि बढाएकोमा प्रशंसा गर्दै उनले बालमैत्री नगरलाई दिगो बनाउन आफू सधैं प्रतिबद्ध रहेको बताए। तिलोत्तमाले नगरलाई बालमैत्री घोषणा गरेर आफ्नौ हैसियत उन्नत बनाएको उल्लेख गर्दै उनले यसको कार्यान्वयनका लागि सबैले साझा धारणा बनाउनुपर्ने बताए।

‘विकासको अर्को महत्त्वपूर्ण मुद्दा मानवीय विकास, बाल विकास र बाल संरक्षणमा पनि नगरपालिका जिल्लामै पहिलो भएको छ। यसले भौतिक विकास र मानवीय विकासबीच सन्तुलन कायम गरेको छ,’ उनले भने।

तिलोत्तमाले नगरस्तरीय स्थिति प्रतिवेदन तयार गरी बालमैत्री स्थानीय शासन घोषणा पश्चात दिगोपनाको लागि पञ्चवर्षीय रणनीतिक योजना समेत तयार गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell