PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

कांग्रेसमा देउवाका सारथी बने संस्थापन इतरका गगन थापा र विश्वप्रकाश शर्मा



कांग्रेसमा देउवाका सारथी बने संस्थापन इतरका गगन थापा र विश्वप्रकाश शर्मा

काठमाडौं : नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा महामन्त्री पदका लागि भएको निर्वाचनमा गगन थापा र विश्वप्रकाश शर्मा निर्वाचित भएका छन्। सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयमा भइरहेको मतगणनामा दुवैले संस्थापन पक्षका उम्मेदवारलाई पराजित गरेका हुन्।

सोमवारको मतदानमा ४ हजार ६ सय ८२ मत खसेको थियो। गगन ३ हजार २३ मत ल्याउँदै महामन्त्रीमा निर्वाचित हुँदा शर्मालेले १ हजार ९ सय ८४ मत पाए। गगन शेखर कोइराला प्यानल र विश्वप्रकाश प्रकाशमान प्यानलबाट महामन्त्रीमा उम्मेदवार हुन्।

गगन दोस्रो पटकको प्रयासमा महामन्त्रीमा निर्वाचित हुँदा शर्मा भने पहिलो प्रयासमै पदाधिकारीमा चयन भएका हुन्।

दुवै उम्मेदवार देउवाइतर समूहका हुन्। दुवैले गुण दोषको आधारमा पार्टी सभापतिलाई सहयोग गर्ने बताएका छन्।

महामन्त्रीको दुई पदका लागि ६ जना उम्मेदवार प्रतिस्पर्धामा थिए। अन्तिम मत परिणाम अनुसार प्रकाशशरण महतले १ हजार ५ सय ५६ मत पाउँदै तेस्रो स्थान हासिल गरे। प्रदीप पौडेलले १ हजार ३ सय ९३ मत ल्याएका छन्। दुवैजना देउवा प्यानलबाट उम्मेदवार बनेका हुन्।

यस्तै, शेखर कोइरालाको प्यानलबाट महामन्त्रीको उम्मेदवार बनेका मीनेन्द्र रिजालले ८ सय ९ मत पाउँदा राजाराम कार्कीले १ सय ६ मत पाएको कांग्रेस महाधिवेशन निर्वाचन समितिका संयोजक  गोपालकृष्ण घिमिरेले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell