PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

माओवादी केन्द्रको लुम्बिनी प्रदेश अध्यक्षमा सुदर्शन बराल



माओवादी केन्द्रको लुम्बिनी प्रदेश अध्यक्षमा सुदर्शन बराल

बुटवल : नेकपा (माओवादी केन्द्र) लुम्बिनी प्रदेशको अध्यक्षमा सुदर्शन बराल चयन भएका छन्। दाङको भालुबाङमा गत मंसिर २५ र २६ गते माओवादी केन्द्र लुम्बिनी प्रदेशले अधिवेशन सम्पन्न गरेको थियो।

अधिवेशन भएपनि अध्यक्षको टुंगो लाग्न सकेको थिएन। बिहीवार बराललाई अध्यक्ष बनाउने सहमति भएको माओवादी केन्द्रका एक नेताले बताए।

गुल्मीका युवा नेता तथा प्रदेशसभाका सदस्य बराल माओवादी नेता वर्षमान पुन निकट नेता हुन्। उनी लुम्बिनी प्रदेशका पूर्व सामाजिक विकास मन्त्री समेत हुन्।

अध्यक्ष र सदस्यहरु चयन गरेपनि अन्य पदाधिकारीहरु माओवादीले टुंगो लगाउन सकेको छैन। माओवादीले प्रदेश समिति २१७ सदस्यीय चयन गरेको छ।

लुम्बिनी प्रदेश अध्यक्षमा रोल्पाका दिपेन्द्र पुन र दाङका होमराज शर्माले पनि दाबी गर्दै आएका थिए। लामो छलफलपछि अध्यक्षको टुंगो लागेको हो।

माओवादीले प्रदेश समितिमा तीन उपाध्यक्ष, एक सचिव, तीन सहसचिव र एक कोषाध्यक्ष रहने व्यवस्था गरेको छ। तीन उपाध्यक्षमा बाँकेका आइपी खरेल, रुकुमकी जुनकुमारी रोक मगर, कपिलवस्तुका रुद्र बञ्जाडेको दाबी छ।

त्यस्तै, सचिवमा दाङका तुलसीराम पुन, लुमाकान्त न्यौपाने, बर्दियाका दुर्गाबहादुर थारु, रोल्पाका निमकान्त डागी, प्यूठानका प्रकाश अधिकारीले पनि दाबी गर्दै आएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell