PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

माओवादी केन्द्र वाग्मती प्रदेशको अधिवेशनमा पदाधिकारी चयनका लागि मतदान जारी



माओवादी केन्द्र वाग्मती प्रदेशको अधिवेशनमा पदाधिकारी चयनका लागि मतदान जारी
फोटो : सुमन देवकोटा।

काठमाडौं : नेकपा (माओवादी केन्द्र) वाग्मती प्रदेशको अधिवेशनमा पदाधिकारी चयनका लागि मतदान जारी छ। काठमाडौंको बत्तिसपुतलीमा अहिले मतदान भइरहेको हो।

वाग्मती प्रदेश कमिटीको अध्यक्ष पदका लागि दिनानाथ गौतम र सरल सहयात्री पौडेल प्रतिस्पर्धामा छन्। त्यस्तै, उपाध्यक्षको ३ पदका लागि १० जनाको उम्मेद्वारी परेको छ।

यसैगरी, सचिव एक पदका लागि ४ जना प्रतिस्पर्धामा छन्। सहसचिवको ३ पदका लागि १० जनाको उम्मेद्वारी परेको छ भने एक पदको कोषाध्यक्षमा ३ जनाले उम्मेदवारी दिएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell