PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

प्रदेश २ अधिवेशन : निधि र शेखरको साझा उम्मेदवार रामसरोज, देउवा समूहबाट कृष्णा यादव प्रतिस्पर्धामा



सुमित मिश्र

प्रदेश २ अधिवेशन : निधि र शेखरको साझा उम्मेदवार रामसरोज, देउवा समूहबाट कृष्णा यादव प्रतिस्पर्धामा

काठमाडौं : नेपाली कांग्रेसको प्रदेश २ अधिवेशन अन्तर्गत आज निर्वाचनका लागि मनोनयन पत्र दर्ता भएको छ। सभापति पदका लागि कृष्णा यादव र रामसरोज यादवले गरे मनोनयन दर्ता गराएका छन्।

प्रदेशको नेतृत्व लिन प्रतिस्पर्धामा उत्रेका कृष्णा यादव पार्टी सभापति शेरबहादुर देउवा समूहका हुन्। संस्थापन पक्षबाट उम्मेदवार बनेका कृष्णा यादवविरुद्ध विमलेन्द्र निधि र शेखर कोइरालाले संयुक्त उम्मेदवार खडा गरेका छन्।

निधि र शेखरको समूहबाट प्रदेश सभापतिमा प्रदेश २ का भौतिक पुर्वाधार मन्त्री रामसरोज यादवले मनोनयन दर्ता गराएका हुन्।

दुवै उम्मेदवारले दलबल सहित निर्वाचन कार्यालय पुगेर मनोनयन दर्ता गराएका हुन्। कृष्णा यादवलाई सहयोग गर्न गृहमन्त्री बालकृष्ण खाण लगायत देउवा समूहका नेता जनकपुरमा छन्। यस्तै, रामसरोजलाई समर्थन गर्न निधि हिजो नै जनकपुर पुगेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell