
काठमाडौं: क्रिकेटमा प्रतिस्पर्धा संघ र खेलाडीबीच चलिरहेको छ।
क्यानले कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दिपेन्द्रसिंह ऐरी तथा खेलाडीहरु सोमपाल कामी र कमलसिंह ऐरीलाई कारबाही गरेको छ। कारबाहीपछि प्रधानमन्त्री शेरबहादुर देउवालगायतले समेत चासो राखेपछि क्यान अफ्ठ्यारोमा छ। वर्गीकरणमा चित्त नबुझाएका खेलाडीलाई क्यानले कारबाही गरेको हो। कारबाहीको विषयमा सामाजिक सञ्जालमा 'कोल्ड वार' चलेको छ। खेल ब्याट बलले भन्दा राजनीतिक शक्ति जसको बढी छ उसैले जित्ला जस्तो देखिएको छ। खेलाडीको वर्गीकरण खेलको आधारमा गर्ने कि गुटको आधारमा गर्ने भनेर पनि सोच्ने बेला आएको छ।