PahiloPost

May 13, 2025 | ३० बैशाख २०८२

कांग्रेस प्रदेश २ अधिवेशन : सभापति छान्न कालो ट्यांकीलाई बनाइयो मतपेटिका, यस्तो छ माहोल

कांग्रेस प्रदेश २ अधिवेशन : सभापति छान्न कालो ट्यांकीलाई बनाइयो मतपेटिका, यस्तो छ माहोल

सुमित मिश्र/पहिलोपोस्ट


काठमाडौं : नेपाली कांग्रेसको प्रदेश २ अधिवेशन अन्तर्गत आज प्रदेश कार्य समितिका लागि निर्वाचन हुँदैछ। सभापति पदका लागि कृष्णा यादव र रामसरोज यादवले मंगलवार मनोनयन दर्ता गराएका छन्।

जनकपुरको रामचौकस्थित गोपाल धर्मशालामा मतदान केन्द्र तोकिएको छ। बिहानैदेखि प्रतिनिधिहरु मतदान केन्द्रमा पुगेका छन्। बिहान ८ बजेदेखि मतदान सुरु हुने भनिएपछि अब दिउँसो २ बजेमात्रै मतदान सुरु हुने बताइएको छ।

मतदानका लागि मतदान केन्द्रमा पानीको कालो ट्यांकीलाई मतपेटिका बनाइएको छ। काठमाडौंमा भएको महाधिवेशनमा हरियो ट्यांकी प्रयोग गरेकोले चर्चा पाएको थियो।

प्रदेशको नेतृत्व लिन प्रतिस्पर्धामा उत्रेका कृष्णा यादव पार्टी सभापति शेरबहादुर देउवा समूहका हुन्। संस्थापन पक्षबाट उम्मेदवार बनेका कृष्णा यादवविरुद्ध विमलेन्द्र निधि र शेखर कोइरालाले संयुक्त उम्मेदवार खडा गरेका छन्। निधि र शेखरको समूहबाट प्रदेश सभापतिमा प्रदेश २ का भौतिक पुर्वाधार मन्त्री रामसरोज यादव प्रतिस्पर्धामा छन्।

अहिले दुवै उम्मेदवार सहित अन्य पदका उम्मेदवारहरु प्रतिनिधिहरुसँग मत माग्न व्यस्त छन्।  



ट्रेन्डिङ पोस्ट

Ncell