PahiloPost

May 13, 2025 | ३० बैशाख २०८२

कुटाकुट उन्मुख कांग्रेस अधिवेशनका दृश्यहरु : देउवा र निधिबिच केन्द्रमा अंकमाल, प्रदेशमा मु्क्कमु्क्की

कुटाकुट उन्मुख कांग्रेस अधिवेशनका दृश्यहरु : देउवा र निधिबिच केन्द्रमा अंकमाल, प्रदेशमा मु्क्कमु्क्की

सुमित मिश्र/पहिलोपोस्ट


जनकपुरधाम : मतदान ढिलो भएसँगै असन्तुष्ट बनेका विमलेन्द्र निधि पक्षधर नेपाली कांग्रेसका नेता कार्यकर्ता विरोधमा उत्रिएसँगै रणभूमिमा परिणत भयो प्रदेश दुई को कांग्रेस महाधिवेशन।

राति मतदान गर्न नहुने भन्दै नाराबाजीमा निधि पक्षधर समूह उत्रिएपछि त्यसको प्रतिवाद गर्दै शेरबहादुर देउवा पक्षधर समूह पनि नाराबाजीमै उत्रिएको थियो। दुवै पक्षबिच झडप भएपछि कांग्रेसको प्रदेश २ अधिवेशन अन्तर्गतको निर्वाचन कार्यक्रम प्रभावित बनेको छ। 

अहिले पनि दुवै पक्षधर आमने सामने छन्। कुनै पनि बेलामा भिडन्त भइहाल्ने स्थिति बनेको छ। 

 

 

प्रदेशको नेतृत्व लिन प्रतिस्पर्धामा उत्रेका कृष्णा यादव पार्टी सभापति शेरबहादुर देउवा समूहका हुन्। संस्थापन पक्षबाट उम्मेदवार बनेका कृष्णा यादवविरुद्ध विमलेन्द्र निधि र शेखर कोइरालाले संयुक्त उम्मेदवार खडा गरेका छन्। निधि र शेखरको समूहबाट प्रदेश सभापतिमा प्रदेश २ का भौतिक पुर्वाधार मन्त्री रामसरोज यादव प्रतिस्पर्धामा छन्।


 



ट्रेन्डिङ पोस्ट

Ncell