PahiloPost

Sep 19, 2026 | ३ असोज २०८३

ओली भोलि पर्सा आउँदै, कार्यक्रमको यस्तो छ तयारी



ओली भोलि पर्सा आउँदै, कार्यक्रमको यस्तो छ तयारी

वीरगंज : नेकपा (एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली बिहीवार पर्सा आउँदै छन्। एमाले पर्सा जिल्ला कमिटीद्वारा आयोजित सन्देश सभा तथा वृहत् पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्न ओली पर्साको जगरनाथपुर गाउँपालिका आउन लागेका हुन्।

आमसभाको लागि जगरनाथपुर-४ को खेलमैदानमा मञ्च तथा स्वागत द्वारलगायत सजाइएको छ। ओली बिहीवार बिहान ११ बजे हेलिकप्टरबाट जगरनाथपुरमै अवतरण गरेर जगरनाथपुर नगरपालिकाको नवनिर्मिति भवन उद्घाटन गर्ने कार्यक्रम रहेको छ।

त्यसपश्चात् खाना खाएर आमसभालाई उनले सम्बोधन गर्ने कार्यक्रम रहेको एमाले पर्साका सहइन्चार्ज एवं पर्सा क्षेत्र नम्बर ३ का संविधानसभा सदस्य राजकुमार गुप्ताले बताए। सोही कार्यक्रममा जगरनाथपुर गाउँपालिकाका माओवादीबाट निर्वाचित गाउँपालिका अध्यक्ष जालिम मियाँ र उनका भाई मोहम्मद सलिम मन्सुरलगायत पार्टी प्रवेश गर्ने कार्यक्रम रहेको छ।

कार्यक्रममा पर्सा, बारा, रौतहट र प्रदेश २ को विभिन्न स्थान तथा देशभरीबाट हजारौं मानिस सहभागी हुने विश्वास लिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell