PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

कांग्रेस प्रदेश २ अधिवेशन : निधि-कोइराला प्यानलका उम्मेदवार रामसरोजलाई जिताउन मतदातालाई देउवाको नाममा म्यासेज !



सुमित मिश्र

कांग्रेस प्रदेश २ अधिवेशन : निधि-कोइराला प्यानलका उम्मेदवार रामसरोजलाई जिताउन मतदातालाई देउवाको नाममा म्यासेज !

जनकपुरधाम : नेपाली कांग्रेसको प्रदेश २ को नेतृत्व चयनका लागि यति बेला जनकपुरको गोपाल धर्मशालामा मतदान जारी छ। मतदान जारी रहेकै समयमा पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाको नामबाट रामसरोज यादवको प्यानललाई जिताउन प्रतिनिधिलाई आग्रहसहितको म्यासेज पठाइएको छ।

मतदाताको मोबाइलमा 'एलटी–अलर्ट'बाट देउवाको नाममा पठाइएको सन्देशमा रामसरोज यादवको प्यानललाई निर्वाचित गराउन आग्रह गरिएको हो।

म्यासेजमा भनिएको छ,‘जय नेपाल! प्रदेश अधिवेशनमा सभापति रामसरोज यादव प्यानललाई आफ्नो अमूल्य मत दिइ विजयी बनाउनु हुन हार्दिक अनुरोध। –शेरबहादुर देउवा।’

तर, यसरी देउवाले मत मागेका रामसरोज यादव भने विमलेन्द्र निधि- शेखर कोइराला समूहबाट सभापतिका उम्मेदवार हुन्।

सभापति देउवाको नाममा मतदाताहरूको मोबाइलमा म्यासेज आउन थालेपछि सभापतिका उम्मेदवार कृष्णा यादवले ‘भ्रम फैलाउने’ षडयन्त्र भएको बताएका छन्। उनले मतदातालाई भ्रममा नपर्न अपिल पनि गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell