PahiloPost

Jul 6, 2024 | २३ असार २०८१

श्रीमानको ‘सरनेम’ हटाउनुको कारणबारे प्रियंकाले भनिन् : सोसल मिडियाले सानो कुरालाई ठूलो बनायो



श्रीमानको ‘सरनेम’ हटाउनुको कारणबारे प्रियंकाले भनिन् : सोसल मिडियाले सानो कुरालाई ठूलो बनायो

केही समयअघि अभिनेत्री प्रियंका चोपडा र उनका श्रीमान निक जोनसबीच सम्बन्ध विच्छेदबारे चर्चा चलेको थियो। प्रियंकाले इन्स्टाग्रामबाट आफ्नो श्रीमानको थर हटाएकी थिइन्। निक जोनसको थर हटाएसँगै उनीहरुको सम्बन्ध विच्छेद हुन लागेको खबर बाहिरिएको थियो।

प्रियंका र निकले यसबारे कुनै प्रतिक्रिया दिएका थिएनन्। जसकारण उनीहरु सामाजिक सञ्जालमा ट्रोलको सिकार समेत हुन पुगे। प्रियंकाकी आमा मधु चोपडाले यो खबर झुटो भएको बताए पनि उनीहरुको सम्बन्धबारे टिका टिप्पणी हुन भने रोकिएको थिएन।

यसैबीच, अभिनेत्री प्रियंका चोपडाले इन्स्टाग्रामबाट श्रीमान जोनसको ‘सरनेम’ हटाउनुको कारण खुलाएकी छिन्। उनले फिल्म ‘द मेट्रिक्स रिजरेक्सन्स’ प्रमोसनका क्रममा आफ्नो र निकको सम्बन्धबारे प्रतिक्रिया दिएकी हुन्। डिसेम्बर २२ देखि उनको मुख्य भूमिका रहेको हलिउड फिल्म ‘द मेट्रिक्स रिजरेक्सन्स’ रिलिज भइसकेको छ।

‘द टाइम्स अफ इन्डिया’सँग कुरा गर्दै आफूलाई ट्विटर र इन्स्टाग्राममा एउटै ‘युजर नेम’ राख्न मन लागेकाले श्रीमानको 'सरनेम' हटाएको प्रियंकाले बताइन्। आफूहरुबीचको सम्बन्ध राम्रो भएपनि सोसल मिडियामा सानो कुरालाई ठूलो बनाउन खोजेको उनको भनाइ छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell