PahiloPost

May 12, 2024 | ३० बैशाख २०८१

एमालेले प्रदेशमा पनि केन्द्रकै सिको गर्‍यो : मुख्यमन्त्री पाण्डे



एमालेले प्रदेशमा पनि केन्द्रकै सिको गर्‍यो : मुख्यमन्त्री पाण्डे

हेटौँडा : वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले नेकपा (एमाले)ले केन्द्रको सिको प्रदेशमा पनि गरिरहेको बताएका छन्। प्रमुख प्रतिपक्षी दल एमालेको दोस्रो दिनको अवरोधसँगै सभामुख सानुकुमार श्रेष्ठले अर्को सूचना नभएसम्मका लागि बैठक स्थगित गरेका थिए।

सभामुखले बैठक स्थगित गरेको केही समयपछि मुख्यमन्त्री पाण्डे संसद पुगेका थिए। करिब एक घण्टा सभामुख श्रेष्ठसँग मुख्यमन्त्रीले छलफल गरेपश्चात प्रदेशसभाको अर्को बैठक आजै सञ्चालन भएको थियो।

बैठक सञ्चालन भएसँगै उनले प्रश्न उठाएर एमालेका सांसद संसदमा उपस्थिति नभएकोमा आपत्ति जनाए। उनले आफैँ प्रश्न गर्ने अनि आफैँ बैठक छोडेर हिड्ने भन्दै प्रश्न गरेका थिए।

मुख्यमन्त्रीमाथि लान्छना बोकेर हिड्नु राम्रो नभएकोले आफ्नो प्रष्टिकरण दिन पाउनुपर्ने बताउँदै आफूले जवाफ दिने कार्यसूची हटाएकोमा प्रश्न गरे। उनले सुरूङमार्ग बजेट अभावले स्थगित गरेको तर बजेट नहटाएको बताए।

विद्युतीय बस चार्जिङ स्टेसन र राम्रो सडक पूर्वाधार नभएसम्म सञ्चालन गर्न नसकिने उनले बताए। १२९० दिन मुख्यमन्त्री हुने डोरमणि पौडेलले ५६ दिन मुख्यमन्त्री बनेको आफूलाई काम गरेन भनेर प्रश्न गर्नु हाँस्यास्पद भएको उनले बताए।

मुख्यमन्त्री पाण्डेले मन्त्रालय बढाएर प्रदेशकै बदनाम हुनुपर्ने जस्ता भ्रमहरुको केही समयमै समाप्त गर्ने बताए। उनले अष्टलक्ष्मी शाक्यकै पालामा १२ वटा मन्त्री रहेको भन्दै एमालेका प्रमुख सचेतक दीपक निरौला नेतृत्वको कार्यदलले मन्त्रालयको संख्याबारे निर्क्योल गरेको बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell