काठमाडौं : नेपाली कांग्रेस प्रदेश २ अधिवेशन अन्तर्गत प्रदेश कार्यसमिति चयनका लागि मतदान प्रक्रिया सकिएको छ। राति ८:०५ वजे मतदान सकिएको हो।
जनकपुरको रामचोकस्थित गोपाल धर्मशालामा भएको मतदानमा १८८१ मत खसेको निर्वाचन समितिले जनाएको छ। मतगणना एक/डेढ घण्टा पछि शुरु गर्ने तयारी रहेको निर्वाचन समितिले बताएको छ।
बुधवार नै निर्वाचन हुने तय भएपनि प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा र नेता विमलेन्द्र निधि पक्षबीच भएको झडप पछि मतदान स्थगित गरिएको थियो। देउवा समूहबाट कृष्ण प्रसाद यादव सभापति पदका लागि प्रतिस्पर्धामा छन्।