काठमाडौं : नेपाली कांग्रेसको कर्णाली प्रदेशका नवनिर्वाचित कार्यसमितिका पदाधिकारीहरूले गृहमन्त्री बालकृष्ण खाणसँग भेटघाट गरेका छन्। सिंहदरबारस्थित गृह मन्त्रालयमा भएको भेटमा प्रदेशमा देखिएका समस्याबारे गृहमन्त्रीलाई अवगत गराएको कांग्रेसका कर्णाली प्रदेश सभापति ललितजंग शाहीले जानकारी दिए।
भेटघाटमा कांग्रेसको १४औँ महाधिवेशनबाट केन्द्रीय समिति, कर्णाली प्रदेश समितिमा निर्वाचित पार्टीका पदाधिकारी र सदस्यहरूबीच शुभकामना आदानप्रदान भएको थियो।
कर्णाली प्रदेश सभापति शाहीले आफूहरूले कर्णाली प्रदेशमा रहेका समस्याबारे गृहमन्त्रीलाई अवगत गराएको जानकारी दिए। प्रदेश सभापति शाहीले गृहमन्त्री खाणले समस्या समाधानको पहल गर्ने बताएको जानकारी दिए।