PahiloPost

May 1, 2024 | १९ बैशाख २०८१

कांग्रेस प्रदेश २ अधिवेशन : महामन्त्रीको मतगणनामा विवाद, धाँधली भएको निधि पक्षको आरोप



कांग्रेस प्रदेश २ अधिवेशन : महामन्त्रीको मतगणनामा विवाद, धाँधली भएको निधि पक्षको आरोप

जनकपुरधाम : नेपाली कांग्रेसको प्रदेश २ अधिवेशनमा निर्वाचनको मतगणनामा विवाद सिर्जना भएको छ। मतगणनामा धाँधली गरेको भन्दै विमलेन्द्र निधि पक्षले विरोध गर्दै प्रदर्शन समेत गरेका छन्।

महामन्त्रीको मतगणनामा निधी समूहले आपत्ति जनाएको हो। निधि समूहका उम्मेद्वार नरेस यादवलाई धाँधली गरेर हराएको भन्दै उनीहरूले प्रदर्शन गरेका हुन्।

महामन्त्रीमा उपेन्द्र कुमार यादव र वृहष्पति कृष्ण श्रेष्ठ विजयी भएका छन्। दुई जना सभापति शेरबहादुर देउवा पक्षका उम्मेद्वार हुन्। मतगणनामा धाँधली गरेर वृहष्पति कृष्ण श्रेष्ठलाई जिताएको निधि पक्षको आरोप छ।

निधि समूहका उम्मेद्वार नरेस यादवले भने आफू विजयी भएको दावी गरेका छन्। निर्वाचन अधिकृतले धाँधली गरेको आरोप लगाउँदै उनले आन्दोलन गर्ने चेतावनी समेत दिए।

यता, प्रदेश उपसभापतिमा वीरेन्द्र सिंह र चन्द्रशेखर यादव विजयी भएका छन्। उनीहरु दुवै देउवा पक्षका उम्मेद्वार हुन्। निर्वाचन समितिले औपचारिक घोषणा भने गरेको छैन। विवादका कारण औपचारिक मतपरिणाम घोषणा भएको छैन।

सहमहामन्त्रीको मतगणनाको नजिता भने आइसकेको छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell