काठमाडौं : नेकपा (माओवादी केन्द्र)ले राष्ट्रिय सम्मेलनलाई नै महाधिवेशनमा परिणत गर्ने भएको छ। आइतवारको लागि तय भएको राष्ट्रिय सम्मेलनलाई माओवादी केन्द्रले महाधिवेशनमा परिणत गर्न लागेको हो।
आइतवार प्रथम सम्मेलन गर्ने भनेको माओवादी केन्द्रले त्यसैलाई महाधिवेशन बनाएर लैजाने निर्णय स्थायी कमिटीको बैठकले गरेको प्रवत्ता कृष्णबहादुर महराले जानकारी दिए।
आइतवार बिहान बस्ने केन्द्रीय समितिको बैठकमा स्थायी कमिटीका तर्फबाट सम्मेलनलाई महाधिवेशनमा रुपान्तरण गर्ने प्रस्ताव लगिने उनले बताए। सो बैठकले अन्तिम निर्णय गर्ने प्रवक्ता महराको भनाइ छ।