PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

फेरि सर्‍यो फिल्म ‘चपली हाइट ३’ को रिलिज डेट, एउटै समयमा रिलिज डेट नतोक्न चलचित्र संघको आग्रह



फेरि सर्‍यो फिल्म ‘चपली हाइट ३’ को रिलिज डेट, एउटै समयमा रिलिज डेट नतोक्न चलचित्र संघको आग्रह

काठमाडौं : फिल्म ‘चपली हाइट ३’ को रिलिज मिति फेरि सरेको छ। यही पुष १५ गते रिलिज हुने भनिएको फिल्म अब पुष ३० गते रिलिज हुने तय भएको छ।

यसअघि पनि यो फिल्म पुष २ गते रिलिज हुने भनिएको थियो। तर, बहुप्रतिक्षित हलिउड फिल्म ‘स्पाइडर म्यान : नो वे होम’ र ‘पुष्पा’सँग रिलिज डेट जुध्न गयो। दुई विदेशी फिल्मको मारमा पर्ने डरले निर्माता अर्जुनकुमारले रिलिज मिति नै सारेका थिए।

आज चलचित्र कलाकार संघमा अशोक शर्माको संयोजकत्वमा बसेको बैठकले फिल्म ‘चपली हाइट ३’ को नयाँ मितिको घोषणा गरेको हो। अब पुष १६ गते एउटा मात्रै नेपाली फिल्म ‘कठपुतली’ रिलिज हुनेछ।

कोरोनाको दोस्रो लहरपछि कलाकार संघले हल खोल्ने अनुमति दिएसँगै फिल्म रिलिज सम्बन्धि ६ बुँदे निर्णय सार्वजनिक गरेको थियो। जसमा समितिले नेपाली फिल्म प्रदर्शन भएको दुई सातापछि मात्रै अर्को फिल्म रिलिज गर्ने पाइने नियम थियो।

सोही निर्णयअनुसार नै आपसी समझदारीमा ‘चपली हाइट ३’ को रिलिज मिति सारिएको चलचित्र संघका महासचिव अशोक शर्माले बताए।

‘हामीले ६ बुँदे निर्णय बमोजिम यस फिल्मको रिलिज मिति सारेका हौँ। नेपाली फिल्म निर्माताहरुलाई मार नपरोस् भनेर आपसी समझदारीमा पुष १६ गते ‘कठपुतली’ र पुष ३० गते भने ‘चपली हाइट ३’ रिलिज हुनेछ। हाम्रो अनुरोधलाई स्वीकार गरेर उहाँले रिलिज मिति सार्नुभएको हो,’ उनले भने।

तर, निर्माता अर्जुन कुमारले आफूले बाध्यताबस फिल्मको मिति सारेको बताए। भन्छन्, ‘नियमअनुसार मैले समझदारीमा फिल्मको मिति सारेको हुँ। फिल्मको सम्पुर्ण प्रचारप्रसार भइसकेको छ। तर, पनि सम्पूर्णको आग्रहमा मिति सार्नेपरेको हो।’

त्यसैगरी, एउटै डेटमा रिलिज मिति घोषणा नगर्न समेत सम्पूर्ण नेपाली फिल्ममेकरहरुलाई संघले आग्रह गरेका छ। साथै, ६ बुँदे नियमहरु असोजदेखि पुषसम्म लागू हुने भनिएको थियो। तर, अब सो नियम आउँदो वैश्वाख १ गतेसम्म लागू हुने समेत बताइएको छ।

त्यस्तै, ६ बुँदे निर्णयमा नेपाली फिल्म रिलिजको मिति तोकिएको समयमा हलिउड तथा बलिउड फिल्महरु रिलिज गर्न नपाइने नियम थियो। तर, सो नियममा भने चलचित्र कलाकार संघ चुकेको छ। तर, विभिन्न हलसञ्चालकको मागपछि भोलिपल्ट नै सो नियम संशोधन गरिएको समितिले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell