PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

प्रचण्डबाट क्रान्ति हुँदैन भनेर हिँड्दा हाम्रो हविगत के भो! :  मात्रिका यादव



प्रचण्डबाट क्रान्ति हुँदैन भनेर हिँड्दा हाम्रो हविगत के भो! :  मात्रिका यादव

काठमाडौं : नेकपा (माओवादी केन्द्र)का स्थायी कमिटी सदस्य मात्रिका यादवले बुढाले छोड्नुपर्‍यो र युवालाई दिनुपर्‍यो भन्ने पूँजीवादी सोच भएको बताएका छन्। प्रज्ञा प्रतिष्ठानमा भइरहेको माओवादी केन्द्रको आठौं महाधिवेशनको उद्घाटनसत्रमा सम्बोधन गर्दै यादवले यस्तो बताएका हुन्।

उनले भने, ‘प्रचण्डबाट क्रान्ति हुँदैन भनेर हिँड्दा हाम्रो हविगत के भो। किरणहरु हिड्नु भो। सबभन्दा पहिला म हिँडे। बुढाले छोड्नुपर्‍यो र युवालाई दिनुपर्‍यो भन्ने पूँजीवादी हो। स्थापित लिडरलाई पाखा लगाइदिनु पर्ने? यसो भन्दा देउवाजी खुसि भइहाल्नु हुन्छ।’

उनले क्रान्तिकारी आचरण चाहिने भन्दै विचारमा एकता हुने बताए। त्यो नभइकन अघि बढे क्रान्तिको रथ कता जान्छ थाहा नहुने उनको भनाइ थियो।

‘अतिथि देवो भव भन्छन्। अथितिलाई केही भन्नु भएन। नेकपाबारे कुरा उठ्यो। पार्टी फुटेको किन भने सर्वेसर्वा मान्दियोस् भन्ने सोँचले। त्यसैले भावनाले हुँदैन कमरेडहरु। क्रान्तिकारी आचरण चाहिन्छ। विचारमा एकता हुन्छ। त्यो नभइकन अघि बढ्यौँ भने क्रान्तिको रथ कता जान्छ थाहा हुन्न,’ उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell