PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

‘साहित्य सृष्टि बाल वाङ्मय साधना सम्मान’का लागि अध्यक्ष प्रधानको ५ लाख सहयोग



‘साहित्य सृष्टि बाल वाङ्मय साधना सम्मान’का लागि अध्यक्ष प्रधानको ५ लाख सहयोग

काठमाडौं : बाल वाङ्मय तथा अनुसन्धान केन्द्रका अध्यक्ष प्रमोद प्रधानले ‘साहित्य सृष्टि बालवाङ्मय साधना सम्मान’ पुरस्कारका लागि ५ लाख रुपैयाँ सहयोग प्रदान गरेका छन्। आइतवार सानेपामा भएको केन्द्रको नियमित बैठकमा वरिष्ठ साहित्य सर्जकसमेत रहेका प्रधानले ५ लाख रुपैयाँको चेक केन्द्रकी कोषाध्यक्ष शान्ति सापकोटालाई हस्तान्तरण गरेका हुन्।

गत मंसिर २४ गते तनहुँको आबुखैरेनीमा भएको केन्द्रको राष्ट्रिय सम्मेलनमा प्रधानले बाल साहित्य साधकलाई सम्मान अक्षयकोष स्थापना गर्ने घोषणा गरेका थिए। सम्मानका लागि सम्झौतापत्रमा केन्द्रका तर्फबाट उपाध्यक्ष विजयराज आचार्य र संस्थापकको तर्फबाट प्रधानले हस्ताक्षर गरेका थिए।

हरेक वर्ष बाल साहित्य क्षेत्रमा साधना गरेका एक व्यक्तिलाई यो सम्मान प्रदान गरिने केन्द्रका उपाध्यक्ष आचार्यले बताए। पुरस्कारको नाम ‘साहित्य सृष्टि बालवाङ्मय साधना सम्मान’ रहनेछ। ३० वर्ष बाल साहित्यका क्षेत्रमा सेवा पुर्‍याएका साधकलाई २०७९ सालबाट यो सम्मान प्रदान गरिने आचार्यले बताए। पुरस्कार रकम २५ हजार रुपैयाँको हुनेछ।

बालसाहित्यका अग्रज सर्जक एवं अनुसन्धानदाता, वरिष्ठ पत्रकार प्रधानले आफ्नो छोरी सृष्टि प्रधानको जन्मदिनको अवसरमा उक्त रकम केन्द्रलाई हस्तान्तरण गरेको बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell