PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

अमेरिकालाई अफगानिस्तानको आन्तरिक मामिलामा हस्तक्षेप नगर्न तालिवानी मन्त्रीको चेतावनी



अमेरिकालाई अफगानिस्तानको आन्तरिक मामिलामा हस्तक्षेप नगर्न तालिवानी मन्त्रीको चेतावनी
फोटो : Getty Images

तालिवान सरकारको विदेशी राजनीतिक ममिलाका उपमन्त्री शेर मोहम्मद अब्बास स्टानिकजईले अमेरिकालाई अफगानिस्तानको आन्तरिक मामिलामा हस्तक्षेप नगर्न चेतावनी दिएका छन्। अफगानिस्तान स्वतन्त्र देश भइसकेकोले स्वतन्त्र रुपले आफैले निर्णय लिन सक्ने उल्लेख गर्दै अब्बासले आइतवार उक्त चेतावनी दिएको बीबीसी हिन्दीले जनाएको छ।

अमेरिकी सेनाले मध्यरातमा अफगानिस्तान छाडेको प्रसंग निकाल्दै अब्बासले चार दशकपछि देश स्वतन्त्र भएको बताए। शत्रुहरुले अफगानिस्तान ४० वर्ष युद्ध लडेर कमजोर भएको सोच्न नहुने उनको भनाई थियो। अब्बासले अझ ४० वर्ष लड्न सक्ने क्षमता अफगानीसँग भएकोबारे दुश्मनहरुले ध्यान दिनुपर्ने बताए।

तालिवान सरकारले हालै त्यहाँका महिलाहरुका लागि नयाँ नियम लागू गरेको छ। आर्थिक समस्याका कारण देश छाड्ने क्रम बढेपछि ७२ किलोमिटरभन्दा टाढाको यात्रा गर्ने महिलाका लागि पुरुष नातेदार अनिवार्य गरेको छ। यो नियमको चौतर्फी विरोध हुन थालेपछि अब्बासले अमेरिका लक्षित भनाई राखेको बताइएको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell